आदर्श आर्थिक विकास साकोसले अन्तर विद्मालय फुटसल आयोजना गर्ने
आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लि आगामी जेठ २३ र २४ गते कक्षा ६ देखि १० कक्षा सम्मका विद्मार्थी विच अन्तर विद्मालय फुटसल आयोजना गर्ने भएको छ । संस्थाले बालबालिका हरुको शारिरीक तथा मानसिक विकास गर्ने उदेश्यले फुटसल आयोजना गर्ने लागेको संस्थाका अध्यक्ष श्री जेन वादे ज्यु ले वताउनु भयो । वादेले सामाजिक विकासमा सहकारीको अहम भुमिका रहने भएकोले सहकारीले बनेपा नगर भित्रका विद्मालयलाई समेटि फुटसल आयोजना गर्ने बताए । संस्थाले प्रथम हुने विद्मालयलाई शिल्ड तथा प्रमाण पत्र,उत्कृष्ट गोलकिपर,उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता लाई समेत आकर्षक उपहार दिने संस्थाका व्यवस्थापक भरत तिमल्सिनाले बताए । फुटसल आयोजना नाइटिङ्गेल एकेडमी आयोजना हुने तिमल्सिनाले बताए । सामाजिक उतरदायित्व अन्र्तरगत संस्थाले स्वास्थ्य शिविर,पारिवारिक राहत,सुत्केरी राहत,वाढी पिडित राहत ,बाल शिशु राहत वितरण गरेको जानकारी प्राप्त भयो ।
English
Nepali
